मकाउको तीज कार्यक्रमबाट बचेको पैसा चितवनका चेपाङ विद्यार्थीलाई। - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मकाउको तीज कार्यक्रमबाट बचेको पैसा चितवनका चेपाङ विद्यार्थीलाई।



मकाउ,चीन।नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउले बृहत् रूपमा आयोजना गरेको तीजको दर खाने कार्यक्रम एतिहासिक रूपमा सम्पन्न भएको छ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी र महिला संयोजक दीपा भाट क्षेत्रीको पहलमा गरिएको कार्यक्रममा मकाउमा कार्यरत रहेका नेपाली चेलीहरूको सयौँको सङ्ख्यामा उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सङ्कलित रकमबाट बचेको पैसा र कार्य समितिकै पदाधिकारीहरूबाट ने रु ४५,०००।-( पैतालीस हजार ) आर्थिक रकम सङ्कलन गरी चितवन जिल्ला कालीका नगर पालिका वडा नं ८ मा रहेको श्री चक्रदेवी आधारभूत विद्यालयमा अध्यनन गर्ने विशेष गरी चेपाङ र आर्थिक अवस्था कम्जोर भएका विद्यार्थी भाइ बहिनीहरूलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीहरू प्रदान गर्नका लागि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका पूर्व महासचिव कृष्ण बहादुर अधिकारीले मिति २०७५/६/५ गतेका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनक बहादुर गुरुङ,नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले,श्रोत व्यक्ति राजेन्द्र बाबु ढकाल,चतुरमुखी माध्यमिक विद्यालय शक्ति खोरका सहायक प्रधानाध्यापक पूर्ण पुरी,चक्रदेवी आधारभूत विद्यालय गैरी बारीका प्रधानाध्यापक ईश्वर गुरुङ,जन प्रतिनिधि मीन गुरुङ,संयुक्त राष्ट्र सङ्घ अन्तरगत दक्षिण अफ्रिका हेर्ने योजना बिद गुन्ज बहादुर डल्लाकोटी साथै समाजसेवीहरू र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नु भएको छ।