माझी समुदायबाट पहिलो सांसद बनिन् रीता - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

माझी समुदायबाट पहिलो सांसद बनिन् रीता



काठमाडौँ । प्रदेश नम्बर ३ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सीमान्तकृत माझी समुदायकी रीता माझी सांसद बनेकी छिन् ।

 

उनी माझी समुदायबट पहिलोपटक सांसद बन्ने एक मात्र भाग्यमानी महिला हुन् । अहिलेसम्म रामेछापबट सांसदमा पुग्ने माझी समुदायका कोही थिएनन् । राप्रपाले शुक्रबार चयन गरेको समानुपातिक सदस्यमा मन्थली नगरपालिका वडा नम्बर–८ गाईखुराकी रीताको नामसमेत समावेश भएको हो ।

समानुपातिक कोटाबाट सांसद बनेकी रीता राप्रपाको महिला विभागअन्तर्गत केन्द्रीय सदस्य र नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्षसमेत हुन् । यसअघि रीता स्थानीय तह र दोस्रो संविधानसभा निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइनन् । उनले जिल्लामा विभिन्न सामाजिक संघसंस्थामार्फत माझी समुदायमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ ।