१० करोड दान गर्ने पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन
चितवन- पूर्वसांसद मैयादेवी श्रेष्ठको शनिबार राति निधन भएको छ । १९८५ सालमा तनहुँ बन्दीपुरमा जन्मेकी श्रेष्ठ बाल्यकालमै चितवन आइन् ।
कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । श्रेष्ठको गए राति सवा एक बजेतिर निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए ।
नारायणघाटमा २००३ सालमा बीपी कोइरालाबाट तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी श्रेष्ठ १३ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति सदस्य रहेको इतिहास छ । उनी १५ सालको आम निर्वाचनमा चुनाव उठ्न चाहेकी थिइन् ।
पार्टीले विश्वबन्धु थापालाई उठाएपछि स्वतन्त्र उम्मेद्वारी दिए पनि पछि बीपीको अनुरोधमा थापालाई नै समर्थन गरेकी थिइन् ।