माइतीघरमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

माइतीघरमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



काठमाडौं । माइतीघरमा शुक्रबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको ज्यान गएको हो ।

मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भइ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।

कार चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।