माइपोखरी नजिकका घरमा आगलागी,चार घर नष्ट - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

माइपोखरी नजिकका घरमा आगलागी,चार घर नष्ट



ईलाम। इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ । आगलागीबाट चार घर जलेका छन् । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए ।

धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरबाट सुरु भएको आगलागीमा परि निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय युवराज पिसीले बताए ।

धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएर पुरा वस्ती नै नष्ट भएको स्थानिय यामबहादुर मुखियाले बताए । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो ।