नेकपा (माले)को महासचिवमा ७० वर्षीय मैनाली निर्वाचित - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेकपा (माले)को महासचिवमा ७० वर्षीय मैनाली निर्वाचित



काठमाडौं- नेकपा (माले)को महासचिवमा पुनः ७० वर्षीय सीपी मैनाली निर्वाचित भएका छन्।

चितवनमा सम्पन्न मालेको महाधिवेशनले मैनालीलाई पुनः महासचिव निर्वाचित गरेको हो। उनी ४३ वर्षअघि पनि मालेको महासचिव थिए।
२०३५ सालमा माले स्थापना भएको थियो। त्यतिवेला संस्थापक महासचिव मैनाली नै थिए।

२०४६ को जनआन्दोलनपछि अन्य कम्युनिष्ट पार्टीसँग एकीकरण भएर नेकपा (एमाले) बनेको थियो। २०५४ मा एमाले विभाजन भएर फेरि माले बनेको थियो।

मालेको नेतृत्व गरेका वामदेव गौतम त्यसको चार वर्षपछि एमालेमा फर्किएका थिए भने मैनालीले मालेलाई नै निरन्तरता दिएका थिए। त्यसयता मैनालीले नै मालेको नेतृत्व गर्दै आएका छन्।

मालेको महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। त्यस्तै, स्थायी कमिटी र पोलिटब्यूरो पनि चयन भएको मालेले जनाएको छ।