मैले देखेकाे त्याे सपना ... - Himal Post Himal Post
  • १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
Logo

मैले देखेकाे त्याे सपना …



हरि प्रसाद भुषाल 

एकाबिहानै संगिता माईजुकाे फाेन अायाे । प्राय रातिमा फाेन अफ गर्ने मैले अाज भने अफ गरेकाे रैनछु । बिहान करीव चार बजे अाएकाे फाेनकाे एक दुई घण्टी बज्नासाथ रिसिभ गरेँ ।

माईजुले “ढाकावाङबाट हजुरबुवा सिरियस बिरामी भएर अाउनुभएकाे र भेट्नकाे लागि सकेसम्म चाडै अाउन अाग्रह” गर्नुभयाे । माइजू म त काठमाण्डाै छु सम्भव भएसम्म चाडै अाउछु है भनेर भन्दैगर्दा “ए उसाे भए त ठिकै छ ।” भनेर माईजुले संवाद अन्त्य गर्नुभयाे । माईजुकाे याे संकेतले वास्तविकता बुझ्न मलाई त्यति कठिन भएन । लामाे समयदेखि बिरामि हुनुभएकाे मेराे मावली हजुरबुवाकाे विषयमा पाएकाे याे संकेतले बिछिप्त बनायाे । स्तब्ध बनायाे ।

मनमा अनेक शंकाहरु जन्मिए । याे जिवनमा घरकाे हजुरवुवाकाे छायापनि देख्न नपाएकाे कारण हजुरवुवा भनेकाे के हाे र कस्ताे हुन्छ भनेर कल्पना गर्न सक्ने एकमात्र हजुरवुवाकाे अवस्थाले मर्माहत बनायाे ।

त्यसपछि मनमा अनेक प्रश्न र अाशंकाहरु जन्मिए । काठमाण्डाैबाट तुरुन्तै फर्किईहाल्ने अवस्था पनि भएन । बिस्तारामै थिएँ । कल्पना गर्दा गर्दै झल्यास्स निदाएछु ।

म प्राय सपनाहरु निकै कम देख्छु । मलाई सम्झना भएसम्म महिनामा दुई चार पटक भन्दा बढी म सपना देख्दिन । तर अाज निदाउनासाथ सपनाहरु बर्सिईरहे ।

मावलीघरकाे अाँगनिमा हजुरबुवा मस्त सुत्नुभएकाे थियाे । वरिपरि अाफन्त शुभचिन्तकहरुकाे भिड रहेछ । म त्यहाँ पुग्दा स्तब्ध वातावरण थियाे । अाँगनिमा हजुरबुवाकाे शव देखेपछि म खुव राेएँ । चाहेर पनि अाँसु थाम्न सकिन । सामान्य अवस्थामा अरु मान्छे राेएकाे देख्दामात्रै पनि अाँसु खसाल्ने म याे अवस्थामा अाफुलाई सम्हाल्न सक्ने अवस्थामै थिईन ।

म मात्रै हाेईन त्यहाँ रुवावासी नै चल्याे । अग्रज अभिभावक गुमाउनुपर्दाकाे त्याे क्षण निकै दुखद अनि कहालीलाग्दाे थियाे । एककिसिमकाे सन्नाटा छाएकाे थियाे ।

तर त्याे सन्नाटा लामाे समय टिकेन । मुर्दासरी पल्टिनुभएकाे हजुरवुवा चलमलाउनुभयाे । टाउकाे उठाउदै के भयाे किन राेएकाे हँ ? भनेर उहाँले साेधेपछि माहाैलले अर्कै रुप लियाे । खुसिकाे सन्चार भयाे । तर त्याे खुसीकाे अनुभूति गर्न नपाउदै म झल्यास्स ब्युझिएँ ।

ब्युझिएपछि मन झनै असान्त भयाे । प्राय सपनाहरु उल्टाे हुने विश्वास गरिन्छ । मैले त हजुरबुवा उठेकाे सपना देखेकाे थिएँ । अब चै हजुरवुवा याे संसारमा हुनुहुन्न भन्ने लाग्याे । तुरुन्तै अामालाई फाेन गरेँ । अामाले हजुरबुवा बिरामी हुनुहुन्छ रे सन्धिखर्क जादैछु भन्ने जानकारी गराउनु भाे । अामासंग धेरै कुरा गर्न सकिन । अनि दिदिलाइ फाेन गरेँ हजुरबुवाकाे अवस्था के हाे भनेर साेध्न नपाउदै दिदी भक्कानिन शुरु गर्नुभाे । केही समयकाे गला अवरुद्द पछि दिदिले “चिन्ता नलिनु, जे नहुनुपर्ने थियाे त्यहि भयाे” भन्दै संवाद अन्त गर्नुभयाे ।

अाकास खस्याे । हजुरवुवा गुमाउनुपर्दाकाे पीडा एकातिर छ भने अर्काेतिर अन्तिम मुहार हेर्न नपाउदाकाे पीडा भरिएकाे छ ।

हुन त लामाे समयदेखि बिरामि हुनुभएकाे हजुरवुवाकाे याे अवस्था ढिलाे चाँडाे अाउला भन्ने नलागेकाे हाेईन तर अाजै यसरी गुमाउनुपर्ला भनेर कल्पना पनि गरेकाे थिईन । करिव एक महिना अघिकाे भेटमा “अब त चाैरासि गर्ने बेला हुन थाल्याे । धुमधाम चाैरासी गर्ने हाे है हजुरबुवा” भनेकाे थिएँ । जवाफमा उहाँले भन्नुभएकाे थियाे ” बाँचे पाे गर्ने हाे, त्यसबेला सम्म त बाँचिन्न हाेला ।”

साँच्चै बाच्नुभएन । अलबिदा हजुरबुवा । यहाँकाे अात्माले शान्ति पाअाेस् । चिर शान्तिकाे कामना ।।।