जीवन खड्काको अभिनयमा 'मैले गरेको माया' (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

जीवन खड्काको अभिनयमा ‘मैले गरेको माया’ (भिडियो सहित)



काठमाडौँ: नेपाली लोकदोहोरी तथा सुगम सङ्गीतका धेरै म्युजिक भिडियोमा दर्शकले देखिसकेको अनुहार हो पछिल्लो समयका लोकप्रिय मोडल जीवन खड्काको । विगतका वर्षहरू देखि साङ्गीतिक क्रियाकलापमा सक्रिय रहेका खड्का सर्जक पनि हुन, उनले केही गीतहरू आफैले सिर्जना पनि गरेका छन् भने उनी एक युवा व्यावसायिक पनि हुन ।

द भ्वाइस अफ नेपालको पहिलो विजेता सिडी विजय अधिकारीको आवाजमा रहेको “मैले गरेको माया” को म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । आशा खड्का र जीवन खड्काले अभिनय गरेको यश गीतलाई रक्षा म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ भने गीतको शब्द/सङ्गीत रक्षा म्युजिक प्रालिका प्रबन्ध निर्देशक तथा सर्जक प्रेम सागर पौडेलले गरेका छन्

अशोक बि.क. को निर्देशन, वीरेन्द्र भट्ट को छायाङ्कन र अनिल रानाले सम्पादन मा तयार भएको म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://youtu.be/BYn0xMsBJHA