२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान
काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् ।
नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जेल गएका हुन् ।
एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो ।
तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो ।
सुनसरीबाटसमेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा लगेर अर्को मुद्दा चलाइएको थियो ।