घोडाघोडी महोत्सव एकदिनका लागि स्थगित - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

घोडाघोडी महोत्सव एकदिनका लागि स्थगित



सुखड,कैलाली ।
“स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका कैलालीको सुखडमा बिहिवारदेखि सुरु भएको घोडाघोडी महोत्सव एक दिनका लागि स्थगित भएको छ । घोडाघोडी मिडिया संचार समुहको आयोजनामा घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव बिहिवार सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी थिइन् ।

विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गरी पर्यटक बढाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव मौसम प्रतिकुलताका कारणले एक दिनको लागि स्थगित गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीद्बारा शुक्रबार हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

घोडाघोडी नगरपालिका भित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यमबाट प्रचार प्रसार गर्ने आयोजकको भनाइ छ । महोत्सवले घोडाघोडी क्षेत्रको मात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने आयोजकले जनाएको छ ।

कैलालीमा टीकापुर पार्क, चिसापानी पुल, लोकहा भौकहा ताल, कोइलही ताल, जोखर ताल, गोदावरी धाम, शिवपुरी धाम लगायत दर्जनौँ पर्यटकि क्षेत्र रहेका छन् । घोडाघोडी पर्यटन महोत्सवले ती क्षेत्रहरूमा पनि पर्यटक र्पुयाउन सहज हुने आयोजकको दाबी छ ।

महोत्सवमा राजेश हमाल, रामजी खाँड, कमला घिमिरे, अमृत सापकोटा, टंक बुढाथोकी , अशोक दर्जी ,सुरवीर पण्डित, कमल खत्री, स्मिता दाहाल,निसान्त भट्टराई लगायत कलाकारका साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

रमाइलो मेला ,बाल उद्यान ,थारु गाउँ लगाएतको अवलोकन गर्न सकिने महोत्सवमा माघ ४ गते कमला घिमिरे , अमृत सापकोटा तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।