महोत्सवको नाममा विकृति (फोटो फिचर) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

महोत्सवको नाममा विकृति (फोटो फिचर)



मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा चैत ३० गते देखि सुरु भएको मसुरिया शैक्षिक तथा सांस्कृतिक महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर जस्तै भएको छ ।

शैक्षिक गतिबिधिहरुका साथ शिक्षा स्वास्थ्यका बारेमा जानकारी लिन सकिन्छ र शिक्षाको बहस सुन्दै स्थानीय भाषा, संस्कृति नृत्य र परम्परागत परिकारहरूको प्रर्दशन गरि यहाँको मौलिक कला संस्कृति, साहित्यको बारेमा छलफल हुने आशा गरेका स्थानीय वुदिजीविहरुले यो महोत्सव विसंगतिलाई प्रस्तुत गरिएको टिप्पणी गरेका छन्।

नाम शैक्षिक तथा सांस्कृतिक महोत्सव राखेर आर्थिक लाभको अभिप्रायले स्थानीय सर्वसाधारण ठग्ने काम गरेको महोत्सव अवलोकन गरेका दर्शकहरुले बताएका छन् ।

स्थानीय एक एफएमबाट महोत्सवको प्रचार सुनेर हेर्न छोराछोरीहरू लिएर आएका गौरीगंगा नगरपालिका वडा नं ८ का राम प्रसाद चौधरीले संचार माध्यमको प्रयोग गरी शैक्षिक महोत्सवको रूपमा व्यापार गरेको भन्दै स्टलमा शैक्षिक, सांस्कृतिक र परम्परागत सामग्रीको मात्र प्रर्दशन भएको भए मात्र पनि महोत्सव प्रति टिकाटिप्पणी नहुने बताउनुभयो ।