क्यासिनो माजोङ दक्षिण एसियामा सर्वोत्कृष्ट - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

क्यासिनो माजोङ दक्षिण एसियामा सर्वोत्कृष्ट



काठमाडौं- सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले साउथ एसिया बेस्ट क्यासिनो क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री श्री प्रह्लाद सिंह पटेल र सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगको सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो ।
क्यासिनो माजोङले नेपाल भ्रमण वर्ष २०२० को लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ | साथै क्यासिनो माजोङले नेपालगंजस्थित होटेल सोल्टीमा पनि क्यासिनो सचालन गरेको छ |

२०६९ पौष १२ मा क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता शेयर पुँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि. आफैले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आएको छ ।

यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । र कुनै पनि राजश्व रकम बुझाउन बाँकी छैन । यस क्यासिनोमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी र आश्रित हजारौँ व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्ब्याउनसमेत यसले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरू हवाई मार्गबाट आउने हुँदा क्यासिनोको योगदान होटेल व्यवसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ ।

आधुनिक सामाग्रीहरूको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको लक्ष्य रहेको छ ।