महिलाको सर्टको टाँक किन देब्रेतिरबाट लागेको हुन्छ? - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

महिलाको सर्टको टाँक किन देब्रेतिरबाट लागेको हुन्छ?



एजेन्सी । के तपाईले कहिल्यै महिलाको कपडाको बटन देब्रे र पुरुषको दाहिनेतर्फ किन हुन्छ भनेर सोच्‍नु भएको छ? अहिलेको फेशनेबल दुनियाँमा धेरै नयाँ फेशन चलेको छ।

तर यस्तो टाकको सिस्टम सन् १८५० देखि नै आइरहेको छ। तर अहिले यसको कुनै कारण नै नदेखे जस्तो मानिसले गर्छन्।

एक सिद्धान्त अनुसार जुन महिला दायातर्फ हुन्छिन् उनी दूध पिउने समयमा बच्चालाई बाया हातले समात्‍ने गर्छिन् र त्यसबेला सिधै हातबाट टाक खोल्‍न सजिलो हुन्छ।

पहिले पहिले उच्च व्यक्तित्व भएका महिला आफै कपडा लगाउने गरेका थिएनन्।

उनको नोकरनीहरुले उनीहरुलाई कपडा लगाइदिन्थिइन्। देब्रे तिर बटन भएमा लाउन सजिलो हुन्थ्यो।

तर महिलाको यो कपडा पुरुषभन्दा फरक देखाउन यस्तो गरिएको हुन सक्‍ने अनुमान गरिएको बताएको छ।