तेस्रो मुलुक लैजाने क्रममा नेपाली महिलाको उद्धार - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तेस्रो मुलुक लैजाने क्रममा नेपाली महिलाको उद्धार



नयाँ दिल्ली-

भारतको राजधानी दिल्ली हुँदै तेस्रो मुलुक पुर्याइन लागेकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्था किङ्गडोम इनभेष्टमेन्ट नेपाल र दिल्ली महिला आयोगबीच मिलेर काम गर्ने भएको सहमति अनुसार गरिएको संयुक्त अभियानमा महिलाको उद्धार गरिएको हो ।

दिल्ली प्रहरी, दिल्ली महिला आयोग र के आई नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा हानेर मेचीनगर झापा घर भएकी ४० वर्षिया एक महिलाको उद्धार गरेको हो ।

प्रहरीले घटनाका संलग्न २६ वर्षीय नौसाद नामक व्यक्तिलाई पक्राउ गरेको छ । जानकारीका अनुसार उद्धार गरिएकी महिलालाई मनिषा शिवाकोटी नाम गरेकी महिलाले कुबैतमा जागिर लगाइदिने प्रलोभनमा दिल्ली पुर्याएर नौसादको जिम्मा लगाएकी थिइन । सोधपुछका क्रममा नौसादले नेपालबाट महिलाहरूलाई तेस्रो मुलुक पुर्याउनका लागि पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका छन् ।

नेपाली महिला रहेको आशंकाका आधारमा गरिएको छापाका क्रममा ती नेपाली महिलाको उद्धार गरिएको के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।