नेपाली महिला क्रिकेट टिमले इतिहास रच्यो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेपाली महिला क्रिकेट टिमले इतिहास रच्यो



काठमाडौं। नेपाली महिला क्रिकेट टिमले टी-ट्वान्टी सिरिजमा जित पक्का गरेको छ। कतारसँग खेलेको ३ खेलको टी-ट्वान्टी सिरिजमा नेपालले अन्तिम खेल खेल्नु अगाडि नै आज लगातार दोस्रो खेल जित्दै जित पक्का गर्‍यो।

हिजो पहिलो खेलमा पनि नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई ६१ रनले पराजित गर्‍यो। खेलमा नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। जसमा क्याप्टेन रबिना क्षेत्रीले ५०, कविता कुँवरले ३१ र अप्सरी बेगमले २३ रनको योगदान दिए।

जवाफमा अन्तिम ३ बल खेल्नु अगाडि अलआउट भएको कतारले मात्र ६८ रन जोड्यो। कतारका लागि क्याप्टेन आयसाले सर्वाधिक २४ रन जोडिन् भने ९ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

आजको खेलमा सरस्वती कुमारीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ८ रन दिएर कतारको ४ विकेट झारेकी थिइन्। त्यसैगरी रबिनाले थप २ विकेट झारिन्।

४८ बलमा १ छक्का र चार चौकासहित सर्वाधिक ५० रन जोड्दै रुबिना प्लेयर अफ दि म्याच घोषित भइन्।

अन्तिम खेल अगाडि सिरिज आफ्नो नाममा लेखेको नेपालले भोलि सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्नेछ। नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप छनोटको तयारीका लागि सिरिज खेलेको हो। यो छनोट प्रतियोगिता मंसिर ६ गतेदेखि आयोजना हुँदैछ।