महिला सशक्तीकरणका लागि तालिम - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

महिला सशक्तीकरणका लागि तालिम



विशाल पाण्डेय/कैलाली 
महिला सशक्तीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कैलालीकाे घाेडाघाेडी नगरपालिका- १ सुखडमा सम्पन्न भएकाे छ । घोडाघोडी नगरपालिका वडा नं १ को अायाेजना तथा राजमार्ग सञ्चारिका समुहकाे समन्वयमा शनिबार तालिम सम्पन्न भएकाे हो ।

जिल्ला समन्वय समितिका सदस्य मालति सार्कीको  अध्यक्षता संगै सुरु भएकाे कार्यक्रममा प्रमुख अथिति वडा नं १ का वडाध्यक्ष मनराज शाहि रहेका थिए । कार्यक्रममा प्रमुख अथितिकाे अासनबाट बाेल्दै वडाध्यक्ष शाहिले महिलाहरु सशक्त हुन चेतनाको विकास हुन जरुरी रहेकाे बताए । महिलामा चेतना भएमात्र समाज रुपान्तरण हुन्छ । उनले भने, ” महिलाहरुको चेतना भएमात्र घर,टोल,गाउँ गरि देश नै समृद्ध हुन्छ । २१ औं शताब्दीमा पनि महिला परिवर्तन हुन नसके समाजकाे पनि परिवर्तन हुन सक्दैन ।”

राजमार्ग सञ्चारिका समुह का उपाध्यक्ष जमुना न्युरेकाे स्वागत मन्तव्य संगै सुरु भएकाे कार्यक्रममा वडा नं १ वडा सदस्य पुर्ण बहादुर बिष्ट , राजपति चाैधरी, नेपाल प्रत्रकार महासंघ सुदुर पश्चिम प्रदेशका महिला उपाध्यक्ष चाँदनी अाचार्यले शुभकामना ब्यक्त गरेका थिए ।

महिला सशक्तीकरण कार्यक्रममा प्रशिक्षक मीन शाहि र लक्षिराम आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन राजमार्ग सञ्चारिका समूहका सचिव इन्दु केसीले गरेकी थिइन् । कार्यक्रममा करिब ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।