५१ लाख ठगी आरोपमा महिला पक्राउ - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

५१ लाख ठगी आरोपमा महिला पक्राउ



काठमाडौं– जग्गा बिक्रिको नाममा ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

ताप्लेजुङ, फुङलिङ नगरवालिका– १० घर भई काठमाण्डौ नागार्जुन–३ बस्ने सुनदेवी गुरुङलाई महानगरीय अपराध महशाखाखाले सोमबार पक्राउ गरेको हो।

उनले दुई जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।

इटहरीको १० धुर जग्गा बिक्रि गर्ने भन्दै उनले सिन्धुपाल्चोक लिसंखुपाखरकी कमला श्रेष्ठलाई ४० लाख रुपैयाँ ठगी गरेकी थिइन्। जग्गा नदिएपछि उनले चेक दिएकी थिइन्। तर, खातामा पैसा नभएपछि चेक बाउन्स भएको थियो। पटक पटक आग्रह गर्दा पनि पैसा फिर्ता नदिएपछि पीडित श्रेष्ठले प्रहरीमा उजुरी गरेकी हुन्।

 त्यस्तै उनले नागार्जुन बस्ने अर्का व्यक्तिलाई ११ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। उनले धेरै जनालाई ठगी गरेको खुल्न आएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
पक्राउ परेकी गुरुङ बैंकिङ कसुर मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।