महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ



दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिए।

शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको ईप्रका भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले बताए।

पिडित दिलमाया पुन सँग ५० हजारमा जग्गा बिक्री गर्न भनेको तर पीडित पुनले घडेरी बिक्री गर्न मन नगरेपछि कुटपिट सुरू भएकाे थियाे । अाफूले भनेकाे मूल्यमा घडेरी नपाएपछि ती महिलाहरुले पुनमाथि निर्घात कुटपिट गरेको पीडित स्वयंले बताएकी छन् ।

दोस्रो दिन आफूले भिडियोमा दुई जना महिला मिलेर, बाटो छेकेर सार्वजनिक स्थानमै एउटी महिलामाथि अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गर्न आदेश दिएको प्रमुख पाण्डेले बताए ।

यसैबीच पीडित दिलमाया पुनले सोमबार ईप्रका भालुवाङमा आएर कुटपिटमा संलग्न रेखा र अनिता गुप्ताको विरुद्ध जाहेरी दिएका थिए ।

पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको छ ।

सस्तो मुल्यमा जग्गा नदिएको भन्दै अर्घाखाँचीकी महिलालाई दाङमा नाङ्गै बनाएर कुटपिट(भिडियो सहित)