महिला कामदारलाई महिनावारीमा तीनदिन तलबसहितको विदा दिने सरकारको तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महिला कामदारलाई महिनावारीमा तीनदिन तलबसहितको विदा दिने सरकारको तयारी



एजेन्सी । इटाली सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटाली सरकारले महिनावारीका समयमा महिलाहरुलार्इ तीन दिन विदा दिने तयारी गरेकाे हाे ।

इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएकाे बताइएकाे छ । उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।

इटालीका व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले उक्त विधेयककाे स्वागत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् ।

लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन् । इटालीले भने त्योभन्दा अघि बढ्दै महिलाहरुलाई महिनावारी विदाको कानून ल्याउने तयारीमा लागेको हो ।

गत मार्च १३ मा सत्तारुढ डेमोक्रेटिक पार्टीका महिला सांसदहरुले संसदमा दर्ता गराएको उक्त बिदा सम्वन्धि विधेयक आगामी महिना पारित हुने अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

चीनका केही प्रान्त, जापान, दक्षिण कोरिया लगायतका केहि मुलुकहरुले यसअघि नै आफ्ना महिला कामदारका लागि महिनावारीमा विदा दिदै आएका छन् ।