महिलालाई जिस्क्याएको निहुँमा खुकुरी प्रहार,दुई जना घाइते - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

महिलालाई जिस्क्याएको निहुँमा खुकुरी प्रहार,दुई जना घाइते



झापा । दमकमा महिलालाई जिस्क्याएको निहुँमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् । बुधबार राति दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएका हुन् ।

प्रहरीकाे अनुसार खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । राईको श्रीमती पेमालाई सामान्य चोट लागेको बताइएको छ ।

उक्त घटना दमक ५ की बिन्दु थापालाई राईले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ । बिन्दुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।