महिलामाथी यौन दुर्व्यवहारजन्य घटना वृद्धि भएको भन्दै महिला अधिकारकर्मीको ध्यानाकर्षण - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

महिलामाथी यौन दुर्व्यवहारजन्य घटना वृद्धि भएको भन्दै महिला अधिकारकर्मीको ध्यानाकर्षण



विशाल पाण्डेय / कैलाली ।
वैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहेका घर परिवार लाई रातहमा विभेदका साथै पति वा बुवा रोजगारी को लागि अन्य मुलक भएको कारण घरमा भएका महिला माथी हुने यौन दुर्ववहारजन्य घटना वृद्धि भएको भन्दै महिला अधिकारकर्मीहरुले स्थानीय तहलाई ध्यानाकर्षण गराएका छन् ।

कोरोना भाईसर संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि मुलुक बन्दाबन्दी भएपनि यही बन्दाबन्दीको मौका छोपेर महिला तथा बालिकाहरु बढि हिंसाको जोखिमा परेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय महिला मानवअधिकार संजाल तथा ओरेक नेपालले संयुक्त रूपमा घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहलाई आइतबार ध्यानकर्षण पत्र बुझाएका हुन् ।

ध्यानकर्षण पत्रमा यो बेला महिला माथि हुने मानसिक शारीरिक तथा यौन जन्य हिंसाहरु भईरहेको उल्लेख गरिएको छ । प्राकृतिक प्रकोप वा विश्व महामारीको बेलापनि पितृसत्तात्मक विश्वमा महिला र बालिकाहरु सब भन्दा बढी प्रभावित हुने, हिंसाको शिकार हुने देखिएको उक्त ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।

यो स्थितिलाई सहि किसिमले समाधान गर्न नसके यसले कोरोना बिरुद्धको संघर्षलाई अझै व्यापक र मजबुद बनाउनुको सट्टा समाजमा रहेको विभेद अनि त्यसबाट उत्पन्न विभिन्न खाले हिंसाहरुले झनै भहाबय अवस्था आउने ठहर गर्दै स्थानिय तहलाई निम्न बमोजिम ध्यानाकर्षण पत्र बुझाइएको छ ।

१. लक डाउनले गर्दा दैनिक श्रम गर्ने श्रमजीवी वर्ग र महिलाहरुमा जिविकोपार्जनमा गम्भीर समस्या भएकोले स्थानीय तहमा भएका नागरिक समाज तथा संघसंस्थासहितको सहभागितामा राहत उपलब्ध गराउनु पर्ने ।

२. गर्भवती महीला, सुत्केरी महिला ,अपांग तथा अशक्त नागरिकका साथै नवजात शिशुको स्वास्थ्य उपचार संगै नियमित खोपको व्यवस्था गर्नुपर्ने ।

३. सबै क्वारेन्टाइन स्थलहरुमा महिला र बालिकाको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै शौचालय र सेनेटरी प्याडको व्यवस्था हुनुपर्ने ।

४. लकडाउनका कारण अन्य देशबाट रेमिटेन्स पठाउने स्थिति नभएकोले उनिहरुको घरपरिवारलाई राहतको व्यवस्था गर्नुपर्ने ।

५.वैदेशिक रोजगार लगायत नेपाल -भारत सिमामा अलपत्र परेका श्रमिक हरुको तत्काल उद्बार गरि क्वारेन्टाइनमा राखी स्वास्थ्य परिक्षण गरि स -सम्मान घर पठाउनुपर्ने ।

६. स्थानीय तहले रोजगारीका लागि आगामी आर्थिक बर्षमा नीति तथा कार्यक्रम बनाइ लागु गर्नुपर्ने ।

७. घर टोल सबै ठाउँमा कोरोना बिरुद्धको सचेतना जगाउँदा, महिला र बालिका माथि हुने हिंसा बिरुद्धको सचेतनालाई पनि संगै लिएर जाने गरि सूचना निर्माण तथा सम्प्रेषण गर्ने व्यवस्था मिलाउनुपर्ने ।

लगायतका ध्यानाकर्षण सहित धनगढी उप महानगरपालिका , गौरीगंगा नगरपालिका र भजनी नगरपालिकामा पनि महिला अधिकारकर्मीहरुले ध्यानकर्षण पत्र बुझाएका छन् ।