महिलावादी पार्टी खोल्ने योजनाबारे झाँक्रीले मुख खोलिन् - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

महिलावादी पार्टी खोल्ने योजनाबारे झाँक्रीले मुख खोलिन्



काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाक्री रामकुमारी झाँक्रीले महिलावादीपार्टी खोल्नेबारे मुख खोलेकी छन् । केही दिनअघि सामाजिक सञ्जालमार्फत महिलाको छुट्टै पार्टी खोल्नेबारे बहस चलाएकी सहरी आफ्नो कुनै त्यस्तो योजना नभएको बताएकी छन्।

मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएपछि उनले महिलाको ठाउँमा महिलालाई सिफारिस नगरेको आक्रोश पोख्दै छुट्टै महिला पार्टी खोल्नेबारे बहस चलाएकी थिइन्। शनिबार उक्त पोस्ष्टबारे प्रस्टीकरण दिँदै मन्त्री झाँक्रीले आफ्नो कुनै त्यस्तो योजना नभएको बताएकी हुन्।

उनले रवि लामिछानेले स्वतन्त्र पार्टी नाम राखेर नयाँ पार्टी खोलेपछि त्यस विषयमा खोज्दै जाँदा ग्राब्रिया पार्टीबारे जानकारी पाएर बहसका लागि मात्रै पोस्ट गरेको तर, त्यो पोस्टसँग आफ्नो कुनै योजना नजोडिएको बताएकी छन्।

उनले भनेकी छन्, ‘केही दिनअघि रविजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ। नाम प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिष्ट बनाएर गुगल सर्च गरेँ। अनि यो तलको पार्टीको नाम भेटेँ, सिद्धान्त पढेपछि मलाई मनपर्यो। सार्वजनिक बहस गरौं न भन्ने ठानेर रूचि हुने साथिहरूको लागि पोष्ट गरेको हुँ। यो पोष्टसंग मेरो कुनै योजना जोडिएको विषय भने होइन।’