नेता पन्थी भन्छन्- समाज बनाउन उमेर पुगेका सबैले योग्यता अनुसार श्रम गर्नैपर्छ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

नेता पन्थी भन्छन्- समाज बनाउन उमेर पुगेका सबैले योग्यता अनुसार श्रम गर्नैपर्छ



नेकपा एकीकृत समाजवादीका युवा नेता महेश पन्थीले उमेर पुगेका सबै नागरिकले योग्यता अनुसारको श्रम गर्नैपर्ने बताएका छन् । उनले समाज बन्नका लागि सबै नागरिकले योग्यता अनुसार दैनिक ८ घण्टा श्रम नगरे समाजवाद नआउने बताए ।

रुपन्देही क्षेत्र नम्बर ५ (क) बाट उम्मेद्वार सिफारिस भएका पन्थीले नागरिकले योग्यता अनुसारको काम देशभित्र गर्न लाज मानेकाले वैदेशिक रोजगारीमा गएर जस्तो पनि काम गर्न बाध्य भएको बताए । देशमा काम गर्ने कल्चर समेत नभएकाले युवाहरूले विदेशमा दुख पाएको उनले बताए ।

पन्थीले आगामी दिनमा समाज विकास गर्न र समाजवादको यात्रामा लाग्न ३० वर्ष काटेका र ५० वर्ष नपुगेका नागरिकले यही देशमा योग्यता अनुसारको श्रम गर्नुपर्ने र रोजगार दिन नसकेको खण्डमा गुजारा टार्न राज्यले सिमित भत्ताको व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

नेता पन्थीले सरकारले युवाहरूको लागि सके काम नसके भत्ताको व्यवस्था गर्नुपर्ने समेत बताए । उनले भने, ‘जब राज्यले नागरिकको लागि अभिभावकिय भुमिका निभाउँछ तब नागरिक पनि देशभक्त बन्न सक्छ।’

साथै उनले अर्थतन्त्र चलायमान बनाउन श्रम दाताले मासिक होइन साप्ताहिक रूपमा पारिश्रमिक दिनुपर्ने बताए । उनले हरेक पेशाका श्रमिकले महिनामा होईन हप्तामा पारिश्रमिक पाउने हो भने धेरै क्षेत्रमा सहजता आउने बताए ।