महेश पन्थी प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

महेश पन्थी प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस



नेकपा एकीकृत समाजवादीका युवा नेता महेश पन्थी आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । पन्थीलाई पार्टीले प्रदेशसभाको उम्मेदवारका लागि पहिलो नम्बरमा सिफारिस गरेको हो ।

पन्थी एकीकृत समाजवादीको सुरुवात देखि नै संगठनमा खटिएका नेता हुन् । उनी हाल पार्टीको प्रदेश कमिटीमा छन् भने विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा लागेका छन् ।

नेता पन्थीलाई प्रदेश सभा अन्तर्गतको रुपन्देही क्षेत्र नम्बर ५ (क)का लागि सिफारिस गरिएको बताइएको छ । बैठकबाट प्रदेश सभाको उम्मेदवारका लागि पन्थी सहित अर्जुन ढकाल, राम बहादुर विश्वकर्मा, पार्वती पौडेल, दिल कुमारी नेपाली सिफारिस भएका छन् ।

गत बुधबार बसेको एकीकृत समाजवादी पार्टी रुपन्देही क्षेत्र नम्बर ५ को बैठकले पन्थीलगायतको नाम प्रदेश सभाका लागि सिफारिस गरेको हो । नेकपा एस रुपन्देही क्षेत्र नम्बर ५ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा बएको बैठकले पन्थीको नाम एक नम्बरमा सिफारिस गरेको बताइएको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ को बैठक

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ (ख)बाट राजु कुमार गुप्ता, सफी उरेहमान अन्सारी, मजहर कमाल, किस्मति यादव, हरिनारायण कुर्मी चौधरी, अब्दुल अजिज खाँ सिफारिस भएका छन् ।

त्यस्तै प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर ५ बाट थम्मन पुन सिफारिसमा परेका छन् ।