महेश बस्नेतको क्षेत्रमा मतगणना जारी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

महेश बस्नेतको क्षेत्रमा मतगणना जारी



भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा सोमबार बिहान साढे २ बजेपछि नै मत गन्न थालिएको हो ।

निर्वाचन अधिकृत लोकनाथ पराजुलीले अहिले ८ वटा मतपेटिका खोलेर मतगणना भइरहेको जानकारी दिए ।

निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

क्षेत्र नम्बर १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नम्बर २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले बताए ।

निर्वाचन क्षेत्र नम्बर १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नम्बर २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका छन् ।

दुर्लभ थापा कांग्रेसका भक्तपुर सभापति हुन् । एमालेका बस्नेत निवर्तमान सांसद हुन्, जसले अघिल्लो चुनावमा कांग्रेसकै दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।

त्यो बेला बस्नेत वाम गठबन्धन साझा उम्मेदवार थिए । यसपालि थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।