महेश दाहाल बने अष्ट्रेलियाका लागि राजदूत
काठमाडौं । महेशराज दाहाल अष्ट्रेलियाराजदुतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा दाहाललाई नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।