भ्रष्टाचार नगर्ने महेश बस्नेतको बाचा - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

भ्रष्टाचार नगर्ने महेश बस्नेतको बाचा



नेकपा एमालेका नेता महेश बस्नेतले आफू पदमा बसेर काम गर्दा कुनै आर्थिक अनियमितिता र भ्रष्टाचार नगर्ने बाचा गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिवद्धतालाई पूरा गर्ने बताए।

‘राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन,’ ओलीले भने, ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु।’

साथै, उनले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा समेत गरे। आइतबार भक्तपुरको कौशलटारमा आयोजित आमसभालाई सम्बोधन गर्दै बस्नेतले आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुनेबताए।

‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ,’ बस्नेतले भने,‘परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाई, भाई भइसक्यो भन्ने बुझ्नुभएको छ। त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ।’

भक्तपुरको विकासको ब्राण्डेड पार्टी भनेको नै एमाले मात्र बस्नेतको दाबी थियो। गठबन्धनले भक्तपुरमा माओवादीलाई टिकट नदिएर अपमान गरेको उल्लेख गर्दै उनले माओवादी तथा नेकपा एकीकृत समाजवादी पार्टीले एमालेमा मतदान गर्नुपर्नेमा जोड दिए।

मध्यपुर नगरपालिबाट कांग्रेसले समेत आफ्नो पार्टीबाट टिकट नदिएको उल्लेख गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुख हेरेर नभई मुख हेरेर एमालेलाई भोट दिनुपर्ने बताए।