महेश बस्नेतको आपत्तिजनक अभिव्यक्ति, स्वतन्त्रलाई कुट्न दिए निर्देशन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

महेश बस्नेतको आपत्तिजनक अभिव्यक्ति, स्वतन्त्रलाई कुट्न दिए निर्देशन



लगातार विवादित अभिव्यक्ति दिइरहेका नेकपा एमालेका सांसद महेश बस्नेतले अहिले भने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले स्वतन्त्रका नाममा आएका उमेदवारहरूलाई कुटपिट गर्न निर्देशन दिएका छन् ।

उनले सकभर मुखले सम्झाउन, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउन निर्देशन दिएका छन् । यति गर्दा परेको कुरा पार्टीले व्यहोर्ने उनले बताएका छन्।

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहसहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

सोमरबार पार्टीले भक्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको बताए।

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरुले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुले संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

नेकपा एमालेको युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिन्छन्। उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन। यसअघि उनी भक्तपुरकै गुन्डु गाबिसका अध्यक्ष पनि भइसकेका छन्।

तत्कालिन प्रधानमन्त्री ओलीको कार्यकालमा दल फुटाउने अध्यादेश ल्याउने बेला पूर्व आइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौं ल्याएर होटलमा राख्ने काममा उनको संलग्नता थियो।