महेन्द्र गौतमले रक्षा श्रेष्ठको अधेरिमा पछ्यौरी ताने पछि (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

महेन्द्र गौतमले रक्षा श्रेष्ठको अधेरिमा पछ्यौरी ताने पछि (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गुल्मीमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा एक सफल मोडलको पहिचान बनायका सम्पूर्ण नेपाली श्रोता दर्शकको मन मुटुमा बस्न सफल मोडल हुन महेन्द्र गौतम उनी मोडल मात्र नभई पछिल्लो समय मोडलिङको साथसाथै गायनबाट पनि धेरै श्रोता दर्शक को मन जितीसकेका छन् । गौतमले केही समय अगाडि उनको स्वरमा रहेको पहिलो प्रस्तुतिको रूपमा “झिल्ले ” बजारमा ल्यायका थिए जुन गीतले गौतमलाई मोडल मात्र नभई गायक को रूपमा पनि चिनायो यसै क्रममा यति बेला साङ्गीतिक बजारमा निकै चर्चामा छ उनै गौतमको स्वरमा रहेको दोस्रो प्रस्तुति लोक पप गीत “सही हो” गीत केही दिन अगाडि मात्र सार्वजनिक भएको हो ।

गीतमा गीतकार तथा सङ्गीतकार एकनारायण भण्डारी को शब्द सङ्गीत रहेको छ । एकता फिल्म्स को ब्यानरमा उत्सब दाहालले छायाङ्कन गरेको सही हो को म्युजिक भिडियो बब्बु थापाले निर्देशन गरेका हुन भने प्रबिन भट्ट को सम्पादन मा तयार भएको गीतलाई घिन्ताङ म्युजिक प्रा. लिई ले बजार व्यवस्थापन गरेको छ भने म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र महेन्द्र गौतम को उत्कृष्ट अभिनय देख्न पाइन्छ ।