महत र केसीले देउवालाई एकाएक बहिस्कार गरेपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

महत र केसीले देउवालाई एकाएक बहिस्कार गरेपछि…



नुवाकोट : नुवाकोटका दुवै निर्वाचन क्षेत्रलाई समेटेर लिखु गाउँपालिकास्थित चौघडामा शनिबार आयोजित नेपाली कांग्रेसको भेलामा विवादित बन्यो । तीन दशकदेखि नुवाकोटलाई नै आधार बनाएर राजनीति गर्दै आएका कांग्रेसका दुई हस्तीले भेला बहिस्कार गरे।

नुवाकोटबाटै चुनाव जितेर पटक–पटक सांसद र मन्त्री बनेका अर्जुननरसिंह केसी र डा. रामशरण महत कार्यक्रममा सहभागी भएनन् । उनीहरूले कार्यक्रम आयोजनाप्रति असहमति जनाउँदै बहिस्कार गरेको कार्यकर्ताले जानकारी दिएका छन् । देउवानिकट सहमहामन्त्री डा. प्रकाशरण महतको निर्देशनमा कार्यक्रम गरिएकाले केसी र महतले बहिस्कार गरेको कांग्रेस संस्थापन पक्षको भनाइ छ ।

पार्टीको विधान विपरित भनिएको सम्मेलन एकै ठाउँमा गर्न लागिएको भन्दै नुवाकोट कांग्रेसका संस्थापन पक्षले असन्तुष्टि व्यक्त गरेको थियो । जिल्लाका दुई प्रभावशाली नेतासँग समन्वय नगरी भेला आयोजना गरिएको संस्थापन पक्षको आरोप छ । प्रचारका लागि तयार गरिएको सामग्रीमा देउवा, गच्छदार र प्रकाश शरण महतको फोटो राखिएको छ भने केसी र रामशरण महतको फोटो राखिएको छैन।

कार्यक्रममा सहभागी जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र महासमिति सदस्य रमेशकुमार महतले कांग्रेस मुहानवाटै सुध्रिनु पर्ने र त्यसपछि सफा पानी कार्यकर्तामाझ वितरण गरिनु पर्ने धारणा राखेका छन्। अन्नपुर्णपोष्टबाट