खोलाले मन्त्री महासेठको गाडी नचिनेपछी... - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

खोलाले मन्त्री महासेठको गाडी नचिनेपछी…



काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको तस्बिर सार्वजनिक भएपछी चर्चा पनि सुरु भएको छ ।

संयोग त यो छ कि जुन खोलामा पुलको सिलान्यास गरे त्यहि खोलामा उनको गाडी डुबेको छ ।

यो प्रसङ्ग पुल शिलान्यास गर्न गएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडीको हो  जो सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा फस्यो।

अगाडी पछाडी लस्करमा गाडी छन्, सुरक्षाकर्मी छन् तर खोला कति गहिरो छ, गाडी पास हुन्छा कि हुँदैन भन्ने हेक्का नराखी यसरी हचुवाको तालमा गाडी खोलामा हालेको देखिन्छ ।

प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर हो।

गाडी आधासरो डुबेको थियो। गाडी डुबेपछि मन्त्री महासेठ ओर्लिएर अर्को गाडीमा सदरमुकामसम्म आएका थिए।

मन्त्री महासेठको अघिपछि अन्य थुप्रै गाडीको लस्कर र सुरक्षाकर्मी पनि थिए। मन्त्रीको गाडी खोलाबाट निकालिसकिएको जनाइएको छ।