२०१७ सालमा महारानी एलिजाबेथको त्यो नेपाल भ्रमण - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

२०१७ सालमा महारानी एलिजाबेथको त्यो नेपाल भ्रमण



काठमाडौं- ७० वर्ष लगातार शासन गरेकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ।

बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गरी महारानी एलिजाबेथ द्वितीयको शान्तिपूर्वक निधन भएको जनाएको छ। उनी १२ महिनायता विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन्। हिजो बुधबार मात्रै महारानी चिकित्सकको निगरानीमा रहेको बेलायती राजदरबारले जनाएको थियो।

बेलायतको बालमोरलमा उनको निधन भएको हो। एलिजाबेथ द्वितीय बेलायतकी सबैभन्दा लामो ७० वर्षसम्म गद्दीमा रहने राजपरिवारकी सदस्य हुन्।

रोचक त के छ भने महारानी बन्न उनी कुनै रोलक्रममै थिइनन् । संसारकै सबैभन्दा लामो समयसम्म राज्य गर्ने व्यक्तिको रुपमा चिनिएकी महारानी एलिजावेथको जन्म सन् १९२६ को अप्रिल २१ मा भएको थियो ।

उनी जन्मेको केही वर्षसम्म उनी महारानी हुने कुनै सम्भावना थिएन । उनका बुबा जर्ज अल्बर्ट (बर्टी) त्यसबेलाका महाराज जर्ज पञ्चमका माहिला छोरा थिए । उनी आफ्ना दाई युवराज एडवर्ड आठौंभन्दा निकै लजालु स्वभावका नरम व्यक्ति थिए र जनसभाहरूमा बोल्न पनि हिचकिचाउँथे ।

तर घटनाहरूले भिन्दै मोड लिँदै गए । सन् १९३६ को जनवरीमा महाराज जर्ज पञ्चमको मृत्यु भयो । उनका छोरा एडवर्ड आठौं राजा भए । तर, एडवर्डको महिला आशक्तिका कारण उनलाई सरकारले रुचाएको थिएन ।

महारानी एलिजाबेथ द्वितीय वि.सं. २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो।

उनको त्यस भ्रमणले विशेष चर्चा पाएको थियो। नेपालप्रति उनको विशेष चासो रही आएको कुटनीतिज्ञहरु बताउँछन्।

एलिजाबेथ सन् १९५२ मा ब्रिटेनकी महारानी बनेकी थिइन्। त्यसको १६ महिनापछि जुन १९५३ मा उनको गद्दी आरोहण समारोह भएको थियो। महारानीको निधनपछि उनका जेठा छोरा राजकुमार चार्ल्स ब्रिटेनका सम्राट रहनेछन्।