महरा भन्छन: भनेको नमान्दा यस्तो भयो - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

महरा भन्छन: भनेको नमान्दा यस्तो भयो



काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

‘संसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइन’, महराले भने, ‘भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो।’

संघीय संसद्मै कार्यरत एक महिलाले सभामुख महरा आफ्नो डेरामा आएर आफूमाथि जबर्जस्ती गरेको आरोप लगाएको समाचार हाम्राकुरा अनलाइनले प्रकाशित गरेको छ।

समाचारको दाबीअनुसार महरा आइतबार राति ती महिलाको डेरामा पुगेका थिए। मदिरा पिएर त्यहाँ पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ।