महराबिरुद्ध पुनरावेदनको बाटो खुल्ला - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

महराबिरुद्ध पुनरावेदनको बाटो खुल्ला



काठमाडौं । जबरजस्ती करणी अभियोगबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा स्वत: सांसदकाे रुपमा रहने भएका छन् । तर अझै पनि पुनरावेदन हुने बाटाे भने खुल्ला नै रहेकाे छ ।

सरकारवादी मुद्दा भएकाेले पुनरावेदन गर्ने नगर्ने अधिकार भने सरकारी वकिल कार्यालयसँग मात्र छ ।

महरालाई जिल्ला अदालतले निर्दोष साबित गरे पनि सरकारवादी उक्त मुद्दामा पुनरावेदनको बाटो भने खुल्ला नै छ तर पुनरावेदन गर्ने नगर्ने सरकारी वकिल कार्यालयले निर्णय नगरेकाे सरकारी वकिल कार्यालयले जनाएको छ ।

जिल्ला अदालतले गरेकाे फैसलाकाे अध्ययन गरेपछि मात्र सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने/नगर्ने निर्णय लिन सक्नेछ ।

अहिले समाचार मात्र बाहिर आएकाे तर कुनै आधिकारीक जानकारी नआएकाे सरकारी वकिल कार्यालयले बताउँछ ।

”तर पुनरावेदन भएकाे खण्डमा पनि उनी सा‌ंसदबाट निलम्बन भने हुदैनन् । ”- सरकारी वकिल कार्यालयले जनायो ।