महरालाई फोन गरेर प्रचण्डले यस्तो भने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

महरालाई फोन गरेर प्रचण्डले यस्तो भने



काठमाडौं- सफाई पाएर जेलबाट छुटे लगत्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका छन् ।

बलात्कार आरोपमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुखलाई प्रचण्डले आफै टेलिफोन गरेर कुराकानी गरेको बताइएको छ ।

जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई सफाइ दिएको थियो । लगतै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुर्‍यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भए ।

जेलबाट छुटेर बाहिर निस्कने क्रममा महरालाई नेकपा अध्यक्ष प्रचण्डको फोन आएको थियो ।

उनले महरालाई निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।