महरालाई कारबाही हुँदा सिङ्गो देश खुशी छ: प्रचण्ड - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

महरालाई कारबाही हुँदा सिङ्गो देश खुशी छ: प्रचण्ड



दाङ –पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णवहादुर महराले गल्ति गरेको र उनको गल्ति अनुसारको सजाय उनले भोग्नुपर्ने बताएका चाहन ।

बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा दाहालले भने ‘महरा त्यो प्रकरणमा दोषी हुनु भएकै हो, यसर्थ उहाँलाई कसुर अनुसारको सजाय हुनुपर्छ, यो मैले मात्रै भनेको होइन, सिंगो देश नै खुशी भएको छ ।’

उक्त प्रकरण बाहिर आएलगत्तै आफ्नो सोधपुछका क्रममा महराले आँफूलाई ढाँटे पछि झनै यसको पुष्टि भएको समेत दाहालले स्पष्ट पारे। यो घटना बाहिर आएपछि उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्य तथ्य बुझ्न महरा कहाँ पठाएको र महराले त्यो बेला ढाँटेको दाहालले खुलाए।

‘मैले सत्य तथ्य के हो भनेर नारायण कमरेडलाई पठाएको थिएँ,’दाहालले भने ‘तर महराले त्यो बेला ढाँट्नु भयो र झनै उहाँ दोषी हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्दै गएँ।’

थप अनुसन्धानका क्रममा महराको गल्ती सावित हुँदै गएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसंग आँफूले के गर्ने भनेर छलफल गरेको दाहालको भनाइ छ।

‘उहाँको गल्ती सावित हुँदै गएपछि उहाँलाई मैले नै राजीनामा दिनुस् भनेर भनेको हुँ,’दाहालले भने ‘उहाँले राजीनाको बिषयलाई सहर्षै स्वीकार्नु भयो र राजीनामा दिनु पनि भयो।’

महराले माओवादी आन्दोलनका क्रममा गरेको योगदान स्मरणीय रहेको भएपनि उनीमाथि लागेको गम्भीर आरोप प्रमाणित भएपछि जो कसैले सजाय पाउनु उनले पर्ने तर्क गरे।