महरासँग डरायो नेकपा: पार्टीले कारबाही गर्न सकेन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

महरासँग डरायो नेकपा: पार्टीले कारबाही गर्न सकेन



काठमाडौं : आफैँले राजिनामा नदिएको र पार्टीले पनि निष्कासन नगरेकाले बलात्कार प्रयास आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत छ।

प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि ‘माननीय’ हैसियतमै छन्। मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद पद निलम्बित नहुने समाचार कान्तिपुर दैनिकमा छ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनीसम्बद्ध पार्टी नेकपाले महरालाई सभामुख र सांसद पदबाट राजीनमा दिन भनेको थियो। पार्टी सचिवालय बैठकले सोही अनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो।