पदिय दायित्वमा कुनै भुमिका छैन् : सभामुख महरा - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

पदिय दायित्वमा कुनै भुमिका छैन् : सभामुख महरा



दाङ । सभामुख  कृष्णबहादुर महराले आफु कुनै पनि पदिय दायित्वमा नभएको वताएका छन् ।  दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सभामुख महराले साझा व्यक्तित्वको रुपमा काम गर्ने वताएक हुन् ।

‘ मेरो अव कुनै दलिय भुमिका रहदैन्’ घोराही उपमहानगरपालिका कार्यालय दाङले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सभामुख महराले भने ‘ बिना हिचकिचावट तपाइले आफना काम गराउन सक्नुहुनेछ ।’ बाम गठवन्धन मार्फत चुनावमा निर्वाचित भएपनि अव साझा व्यक्तित्वको रुपमा रहेर दाङको विकास गर्ने वताएका थिए । दङाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने उनले प्रष्ट पारेका थिए ।

सभामुख चयन भएपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्र दाङ आएका उनले यसका लागि सर्वसाधारणहरु संग सुझाव समेत माग गरेका थिए ।

‘दाङको विकासको लागि ठुला आयोजनाहरु के के छन् त्यो माग गर्नुस‘ कार्यक्रममा सहभागि स्थायि तहका जन प्रतीनिधीहरुलाई निर्देशन दिदै उनले भने ’मन्त्रालयमा पठाएका योजनाको एक कपि मलाई दिनुस ।’ स्थानीय तहहरुलाई कसरी व्यवस्थापन वा सञ्चालन गर्ने ? स्थानीय तहहरुको समस्या के छन् भन्ने बिषयको पहिचान महत्वपूर्ण रहेको र त्यो पहिचान गर्न जनप्रतीनिधीहरुलाई अनुरोध समेत गरे प्रतिनीधिसभाका सभामुख कृष्णवहादुर महराले संविधान अनुकुल कानुन निर्माण गर्न संसदलाई ठूलो चुनौती रहेको वताए ।

जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका थिए । सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफु जिम्मेवार रहेको बताए ।

स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो बर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रीत हुने उनको भनाई थियो ।

सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका थिए । समग्र दाङको बिकासमा आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उहाँले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गरेका थिए ।

प्रादेशिक राजधानीको विषयमा कुरा गर्दै महराले स्थायिक राजधानी कहाँ राख्ने भन्ने विषयमा गंभिर छलफल हुन अझै वाकि रहेको वताए । ‘स्थायि राजधानीको लागि बिवाद र वहस हुुने समय वल्ल आएको छ’ सभामुख महराले कार्यक्रममा सहभागिहरुले भने ‘तपाईहरु निरास नहुनुस स्थायि राजधानी दाङ नै हुन्छ ।’

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए । यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा छुट्टै कार्यक्रमको आयोजना गरी सभामुख कृष्णबहादुर महरालाई स्वागत सम्मान गरेको छ ।