नाका क्षेत्रमा योजना वद्ध विकासः पूर्वउपप्रधानमन्त्री महरा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

नाका क्षेत्रमा योजना वद्ध विकासः पूर्वउपप्रधानमन्त्री महरा



दशरथ घिमिरे
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारामा नाका स्तरीय खेलकुद महोत्सव सुरु भएको छ । २२ वटा नाकामा रहेका दस बिद्यालयको सहभागीतामा महोत्सव सुरु भएको हो । २०५५ सालवाट खेल महोत्सव सुरु भएको हो ।

खेल महोत्सवको उद्घाटन गर्न कोईलावास हुदै भारतिय सडक प्रयोग गरेर पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादि केन्द्रका महासचिव कृष्णबहादुर महरा, प्रदेश सभा सदस्य रेवतिरमण शर्मा, ईन्द्रजित थारु, दामा शर्मा लगाएत पुगे ।

‘भारतिय सडक प्रयोग गर्नुपर्ने वाध्यता छ, नेपाली बस्तिलाई सडक सन्जाल सङ्ग जोड्नुपर्छ’पुर्व उपप्रधानमन्त्री महराले भने–‘यहाँको समस्या सङ्ग म नजिक छु, वाम गठवन्धनको सरकारले योजनावद्द बिकास गर्छ । नाकाको एकीकृत बिकासको लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’

नाका स्तरिय खेलकुद समाजका अध्यक्ष श्यामबहादुर झाक्रिको अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरु नाका क्षेत्रलाई राज्यले उपेक्षा गरेको भन्दै वाम गठबन्धनको सरकारले बिकास गर्नुपर्ने माग राखेका छन् ।

‘हाम्रो नाकामा बिकास चाहिएको छ, संचारवाट बिमुख छौ, वाटो छैन, खानेपानी छैन, राम्रो बिद्यालय छैन, औषधि उपचार गर्न भारतीय अस्पताल जानुपर्छझस्थानीय चक्रबहादुर खड्का शिखरले भने–‘सरकारले हाम्रो माग सुन्नै पर्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य रेवतिरमण शर्माले नाकालाई सडक संजालवाट जोड्न प्रदेश सरकारले ध्यान दिने वताए ।‘नाका क्षेत्रका जनतालाई सुविधा दिन प्रदेश सरकारले ध्यान दिन्छ’उहाँले भने–‘वाटो, शिक्षा, स्वास्थ्यको बिकाशको लागि हामी प्रतिवद्द छौ ।’

अर्का प्रदेश सभा सदस्य ईन्द्रजित थारुले संचारको सुविधा नाकामा ल्याउन पहल गरेको र केही समयपछि समस्या समाधान हुने वताए । प्रदेश सभा सदस्य दामा शर्माले नाका क्षेत्रका नागरिक सिमा रक्षक रहेको चर्चा गर्दै नाका क्षेत्रमा राज्यको उपस्थिति हुनुपर्ने वतए ।

राजपुर गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोकाले गाउँपालिकाले नयाँ ट्रयाक खोल्न जग्रहवा देखि खाङ्ग्रा नाका लाई ५० लाख बजेट बिनियोजन गरेको वताए ।

ज्ञापनपत्रको चांग

नाकाको बिकाशको लागि राज्यले ध्यान दिनुपर्ने भन्दै पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई ज्ञापनपत्र वुझाईएको छ । विभिन्न बिद्यालय र समुदायको तर्फवाट ज्ञापनपत्र बुझाएका हुन् ।

कोईलावास सडकको निरिक्षण

प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा, प्रदेश सभा सदस्य रेवतिरमण शर्मा, ईन्द्रजित थारु, दामा शर्माले निर्माणाधीन लमही–कोईलावास सडकको निरिक्षण गरे । कोईलावास नाका संचालनमा ल्याउन सडकको भुमिका महत्त्वपूर्ण हुने बिश्वास ब्यक्त गरिएको छ ।