यस्तो छ महराविरुद्ध दायर गरिएको मुद्दा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

यस्तो छ महराविरुद्ध दायर गरिएको मुद्दा



काठमाडौं- निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरिएको छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासका आरोपित महराविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको अभियोगपत्र दायर गरेको हो ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।
त्यसयता पटक पटक म्याद थप गर्दै प्रहरीले महराविरुद्ध अनुसन्धान गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले महरालाई असोज २८ गते पक्राउ परेदेखि १३ दिन थुनामा राख्न म्याद दिएको थियो । त्यस्तै अनुसन्धान नसकिएको भन्दै प्रहरीले कार्तिक ३ गते फेरि पाँच दिनका लागि म्याद लिएको थियो ।

अनुसन्धान सकाएर प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको हो । अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ ।

यसैगरी पदीय मर्यादा विपरित कार्य गरेको भन्दै थप सजायँ पनि माग गरिएको छ । अभियोग पत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।

अभियोग पत्र दर्तासँगै अब थुनछेक बहस गरिने छ । त्यसपछि मात्र महरा धरौटीमा छुट्ने वा थुनामा जाने भन्ने टुंगो लाग्ने छ । यद्यपि,स्वास्थ्य समस्या देखाउँदै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन् ।