महरा काण्ड: महिला सांसद र नेतृहरूको आवाज खोइ ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

महरा काण्ड: महिला सांसद र नेतृहरूको आवाज खोइ ?



काठमाडौँ , प्रतिनिधी सभाका तत्कालिन सभामुख कृष्ण बहादुर महराले संसद सचिवालयकी महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको बिषय सोमवार साँझ एकान दुई कान मैदान भयो।

राजनीतिक दलका नेता कार्यकर्ता सर्वसाधारण लगायतले घटनाको निश्पक्ष छानबिन र आरोपित महराको राजीनाको माग गर्दै आवाज उठाए। महराको निजि सचिवालयले बिग्य्पती जारी गरेर खण्डन गर्न खोजे पनि थेग्न नसकेपछि अन्तत उनले सभामुख पदबाटै राजिनामा दिए।

पिडित महिला हुनुको साथै घटनाको ४८ घण्टा नबित्दै उनको बोलि फेरिदासमेत महरा आवद्ध दल नेकपाका महिला सांसदहरु भने कुरा चपाईरहेका छन। प्रतिपक्षी दलका महिला सांसदहरु पनि मौन प्राय छन।

संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधिसभामा एकतिहाई अर्थात् १ सय १२ महिला सांसद रहेका छन। महिला सांसदहरुले महराको राजीनामालाई सकारात्मक बताए पनि कतिले भने बचाऊ गर्न खोजिरहेका छन।

यो समाचार आजको कान्तिपुर दैनिकमा बिद्या राईले लेखेकी छन् ।