महरा छुटेलगत्तै एमसीसीको बिरुद्धमा नाराबाजी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

महरा छुटेलगत्तै एमसीसीको बिरुद्धमा नाराबाजी



काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाए सँगै उनका समर्थकले नारावाजी गरेका छन् ।

महरा डिल्लीबजार कारागारबाट छुट्दा उनका समर्थकले अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध पनि नारा लगाएका छन् ।

महरालाई जवरजस्ती करणीको आरोप लागेर जेल चलान भएपछि एमसीसीकै कारणले फसाइएको चर्चा चल्ने गरेको थियो ।

डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् ।

केही समयअघि एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख महराले एमसीसी परियोजना सं‌सदमा अघि नबढाएको भन्दै असन्तुष्टि राखेका थिए ।