महरा काण्डमा हरी पराजुलीको चर्चा र नेकपामै सभामुखको चर्को बिरोध
काठमाडौ । एक सहकर्मी महिलामाथि जर्बजस्ती करणीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको पद धरापमा परेको छ । उनको राजीनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रबाट समेत मागिएको छ ।
नेकपाकै कतुपाया नेताहरूले पनि अब महरा पदमा बसिरहन नैतिकताले नदिने भन्दै राजीनामाको माग गरेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालिन कृषिमन्त्रि हरि पराजुलीसंग उनलाई तुलना गर्दै तत्काल पद छाड्न सुझाव दिएका छन् ।
महिलाले भिडियोमा बोल्दै गर्दा महराको फोन आएको र कुरा भैरहेको देखिएको छ भने पिडित महिलालाई महराले फोन गरेर धम्क्याएको अडियो पनि भाइरल भैरहेको छ ।
यस्तैमा काङ्ग्रेसका नेता गगन थापाले सट्टा र शक्तिको आडमा प्रहरीले काम नगरोस भन्दै महराले छानबिनको लागि बाटो प्रसस्त गरिदिनुपर्ने बताएका छन् ।
वर्तमान सरकार बन्दा कानुनमन्त्री बनाइएका शेरबहादुर तामाङले बँगलादेशमा एमबीबीएस अध्ययन गर्ने महिलाहरु दुव्र्यवहारको शिकार हुनेगरेको टिप्पणी गर्दा राजीनामा दिन वाध्य भएका थिए । तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा दिन भनेका थिए ।
यसैगरी, महिलालाई छोएको दृश्यको भिडियो सार्वजनिक भएपछि तत्कालिन कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई राजीनामा दिन लगाइएको थियो । असार १५ को धान दिवस मनाउने क्रममा मन्त्री पराजुली एकजना महिलासँग टाँस्सिएको र हिलोमा खेलेको दृश्य बाहिर आएको थियो । महिलाले आफूमाथि मन्त्रीबाट त्यस्तो कुनै गलत व्यवहार नभएको बयान दिंदादिदै मन्त्री पराजुली राजीनामा दिन वाध्य भएका थिए ।
यी दुई घटनामा मन्त्रीहरुले राजीनामा दिएको नजिर बसेपनि सभामुख महराले आफूमाथि गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन् । उनीमाथि राजीनामाको चौतर्फी दबाब बढेको छ ।
सत्तारुढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजीनामा मागिसकेका छन् । घटनाको निष्पक्ष छानविनका लागि पनि राजीनामा जरुरी भएको अभिव्यक्ति दिएका छन् ।
आइतबार तीनकुनेस्थित एक महिलाको डेरामा महरा पुगी जर्बजस्ती गरेको विषय बाहिर आएको थियो । संसदमा कार्यरत कर्मचारी ती महिलाले महराले आफूमाथि जर्बजस्ती गरेको आरोप लगाएकी थिइन् ।