महराका छोराहरुले एकाएक बन्दुक उठाएपछि... - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

महराका छोराहरुले एकाएक बन्दुक उठाएपछि…



काठमाडौं । बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि महराले हिजो (मंगलबार) उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका छन् ।

उनको राजीनामालाई लिएर नेकपाका नेताहरुले समेत राजीनामा दिईसकेपछि स्वतः सांसद पद पनि खारेज हुने बताईसकेका छन् ।

तर, यो प्रकरणमा हिजो साँझसम्म मौन बसेका महराका छोराहरु राहुल र निर्मलले मध्यराति आक्रोशपूर्ण अभिव्यक्तिसहितको स्टाटस लेखेर बुख्याँचाहरु खडा गरी क्रान्तिकारी नेताहरुको ईतिहास समाप्त पार्ने विदेशी दलका मित्रहरु चिन्ने मौका मिलेको बताएका छन् ।

राहुल र निर्मलले बन्दुक बोकेको फोटो शेयर गरेर यस्तो लेखेका छन्,-“राजनैतिक इतिहासमा जनताकै पक्षमा अपुर्व त्याग गरियो,अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता,कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ । बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरु संग फेरि भेट हुने छ ।”