सभामुख महराको झुटको खेती: यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सभामुख महराको झुटको खेती: यस्तो छ वास्तविकता



काठमाडौं- संघीय संसदका सभामुख कृष्णबहादुर महराले आफ्नो एक महिलामाथि गरेको बलात्कारको ढाकछोप गर्न झुटको खेती गरेको भेटिएको छ ।

उनले चरम हर्कत लुकाउन झुटको सहारा लिएका छन्। उनले आफ्ना प्रेस सल्लाहकार मल्लमार्फत् जारी गरेको प्रेस विज्ञप्ति नै झुटको पुलिन्दा भएको देखिएको छ।

मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु।’ तर न त यी विज्ञप्ति सहि छ न त यो तरिका नै एकातिर विज्ञप्तिमा अदालती भाषा प्रयोग गरिएको छ । र फैसला गरेजसरी लेखिएको छ ।

अर्कोतिर उनि कहाँ थिए भन्ने सम्म झुट लेखिएको छ । त्यतिमात्र होइन विज्ञप्तिमा समाचार झुट भए कारबाहीको माग समेत गरिएको छैन भने छानबिन नहुँदै फैसला गरेर विज्ञप्ति सार्वजनिक गरिएको छ ।

तर, नेपालन्युजका अशोक अधिकारीले ‘हिजो जानुभएको हो? भन्ने प्रश्नको उत्तरमा सभामुख महराले गएको स्वीकार्दै भनेका छन् – ‘हो। म पहिले पनि गइराख्थेँ। उहाँ (महिला) मेरो साथी हो। विद्यार्थी पनि हो। अरू कुनै कारण होइन।’

अधिकारीले थप पुष्टि गर्न फेरि सोधे- ‘हिजो जानुभएको रहेछ, सँगै रक्सी खानुभएछ?’ यस प्रश्नको उत्तरमा पनि उनले भनेका छन्- ‘हो। तर, त्यसरी अरू कुरा केही भएको होइन।’

सभामुख महराले नै हिजो (घटना भएको दिन) रोशनी शाहकोमा गएको स्वीकार गरेपछि उनका प्रेस सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्ति नै झुटो भएको सजिलै भन्न सकिन्छ।

यसअघि हाम्रा कुराले सार्वजनिक गरेको भिडियो अन्तर्वाताको ७ मिनेट ८ सेकेन्डमा msir को नाममा शेभ गरिएको ९८५१११६४५६ नम्बरबाट फोन कल आउँछ । उताबाट ‘सामान्य घटना हो’ भन्ने आवाज सुनिन्छ । पुन: यही फोनबाट फेरि कल आउछ । त्यसपछि रोसनीले भन्छिन्- ‘म मिडियासँग कुरा गरी राखेको छु, शरीरमा निलडाम छन्, अझै सामन्य घटना भन्नु हुन्छ? ’

हामीले यो नम्बर कसको रहेछ भनेर खोजबिन गर्‍यो। खोजबिनबाट पनि त्यो नम्बर सभामुख महराकै भएको पुष्टि भयो।

यसरी अर्को कोणबाट पनि सभामुखले प्रेस सल्लाहकारमार्फत् जारी गरेको प्रेस विज्ञप्ति झुटो थियो भन्ने पुष्टि हुन्छ।