फेरि चुके महरा : ढङ्ग नभएको कि नटेरेको ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फेरि चुके महरा : ढङ्ग नभएको कि नटेरेको ?



काठमाडौं। एक पटक होइन धेरैपटक गल्ति गर्दा पनि सभामुख कृष्णबहादुर महराले ढङ्ग पुराउन नसकेर आजको प्रतिनिधिसभाको बैठक सन्चालनमा फेरी चुकेका छन् ।

प्रतिनिधिसभाको बैठक सन्चालनमा बारम्बार गल्ती गर्दै आएका उनले सोमबार फेरि गल्ति गरेपछि आलोचित भएका छन्  ।

गुठी विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठकको सुरुमै अवरोध गरेको थियो ।

प्रतिपक्ष दलका प्रमुख सचेतक बालकृष्ण खाँणले गुठी विधेयकको विरोधमा सडकमा उत्रिएका सरोकारवालाहरुमाथि भएको प्रहरी दमनबारे गृहमन्त्रीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।

तर, सभामुख महराले प्रमुख प्रतिपक्षले ‘बैठक अघि बढ्न सक्दैन’ भन्दाभन्दै सत्तापक्षकी सांसद पम्फा भुसाललाई बोल्न समय दिए । जुन संसदीय परम्पराविपरीत हो ।

सभामुखको यस रवैयाको प्रमुख प्रतिपक्ष कांग्रेसलगायतले त विरोध गरेकै छन् । सत्तापक्षकै सांसदहरुले पनि परम्पराविपरीत भन्दै सभामुखले गल्ती गरेको बताएका छन् ।