बास्कोटाले महरा काण्डमा मुख खोले- 'गल्ती गर्नेलाई कारबाही' - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

बास्कोटाले महरा काण्डमा मुख खोले- ‘गल्ती गर्नेलाई कारबाही’



काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पार्टीले काँधमा नबोक्ने बताएका छन् । उनले महराको नाम नलिई व्यक्तिले गर्ने गल्तीको दोषमा पार्टीले काँध नथाप्ने जनाएका थिए ।

यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सङ्केत गर्दै उनले व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने पनि बताए ।

नेकपा बनेपा नगर कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय सरकारका प्रवक्ता रहेका मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कारबाही बोहोर्नुपर्ने तर्क गरे।

‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्‍यो त?, त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ,’ व्यक्तिको नाम नलिइकन उनले भने, ‘कहिलेकाहीं गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, हामीलाई के मतलव?’ उनले भने

कम्युनिष्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएको भन्दै उनले चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरुलाई अनुरोध गरे। ‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’ कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा।’