महरा अदालतमा उपस्थित भए - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

महरा अदालतमा उपस्थित भए



काठमाडौं– आफ्नै सचिवालयमा काम गर्ने कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेकानिवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

संसद सचिवालयकी कर्मचारीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।