महरा भोलि अदालतमा - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

महरा भोलि अदालतमा



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ ।

आज अदालत बन्द हुने भएका कारण उनलाई भोलि मात्रै अदालत समक्ष उपस्थित गराइने भएको हो । यसअघि सोमबार (आज) महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी थियो ।

पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ । सोही कारण महरालाई आज उपस्थित गराइने भनिए पनि भोलिका लागि सारिएको हो ।

निवर्तमान सभामुख महरालाई असोज १९ गते आइतबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो ।

बीचमा दशैंको सार्वजनिक विदा परेका कारण उनलाई अदालत उपस्थित गराइएको थिएन । महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ ।