४० वटा प्रश्नको उत्तर दिन महराले सात घण्टा लगाए - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

४० वटा प्रश्नको उत्तर दिन महराले सात घण्टा लगाए



काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ‘बलात्कार प्रयास’को अभियोमा पक्राउ परेको १५ औं दिनमा कृष्णबहादुर महरा सरकारी वकिल र अनुसन्धान अधिकृतलाई बयान दिन राजी भए ।

‘बलात्कार प्रयास’को अभियोग खेपिरहेका महरालाई सरकारी वकिल र प्रहरी अधिकृतले ४० वटा प्रश्न सोधेका छन् । सो प्रश्नको सामना गर्न उनले सात घण्टा समय लिएको खुलेको छ ।

जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंमा आइतबार बिहान १० देखि पाँच बजेसम्म महरासँग बयान लिइएको हो । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनाल आफैंले महराको बयान लिएको बताइएको छ ।

महराले १२ असोजको साँझ काठमाडौंको सुविधानगरमा शाहीको डेरामा पुगेर बलात्कार प्रयास गरेको आरोप छ । प्रहरी अनुसन्धानबाट उनी सो रात रोशनीको कोठामा पुगेको खुलेको छ । तर, रोशनीले भने सो रात महरा आफ्नोमा नआएको र यौन दुर्ब्यबहार नगरेको बयान दिएकी छन् । महराले पनि आफू रोशनीको घरमा नगएको बयानमा बताएका छन्। यसअघि विभिन्न सञ्चारमाध्यममा आफू रोशनीको घरमा गएको तर दुर्व्यवहार नगरेको बताएका थिए।

महराले रोशनीको कोठामा नगएको बयान दिएपनि उनका ड्राईभर र अंगरक्षकले त्यहाँ डेढ घण्टा बिताएको बयान दिएका छन । उनि रोशनीको घरमा गएको प्रहरीले प्रमाणित गरिसकेको छ।

बयानपछि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएका महरासँग पीडीत भनिएकी रोशनीको जम्काभेट भएको थियो । न्यायाधीश बावुराम सुवेदीको इजलाशमा म्याद थपका लागि उपस्थित गराइएका महरासँगै रोशनी पनि इजलाश पुगेकी थिइन् ।

रोशनीले न्यायाधीश सुवेदीलाई लिखित निवेदन दिँदै आफ्ना कुरा सो निवेदनमा लेखेको र त्यसलाई प्रमाणका रुपमा लिन आग्रह गरेकी थियं । उनले निवेदनमा महराले बलात्कार प्रयास नगरेको लेखेको खुलेको छ।

अदालतले महरालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । म्याद थप भएसँगै उनलाई फेरि नर्भिक अस्पताल भर्ना गरिएको छ ।